१६ वैशाख, काठमाडौं । नागरिकतालाई बिस्थापित गरी राष्ट्रिय परिचयपत्र बनाउने नाममा आर्थिक चलखेल भएको उजुरी परेपछि संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समितिले यसबारे प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिँदैछ ।
बिहीबारको बैठकमा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री विष्णु पौडेललगायतलाई बोलाएर छलफल गर्न लागिएको समिति सदस्य रामहरी खतिवडाले जानकारी दिए ।
‘अहिलेसम्म उहाँहरु बैठकमा आउने जानकारी पाएका छौं,’ लेखा समितिका उपसचिव सुरेन्द्र अर्यालले भने । लेखा समितिको बैठक बिहान साढे ११ बजे बोलाइएको छ ।
सरकारले नागरिकतालाई विस्थापित गरी राष्ट्रिय परिचयपत्र बनाउने अवधाणा अघि सारेको छ । यसबारे समितिले सांसद खतिवडाको संयोजकत्वमा उपसमिति बनाएर छानविन अघि बढाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4