+
+

राष्ट्रिय परिचयपत्र बनाउँदा भ्रष्टाचार भएको उजुरी

प्रधानमन्त्रीलाई लेखा समितिले बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १६ गते ८:१९

Kp-oli१६ वैशाख, काठमाडौं । नागरिकतालाई बिस्थापित गरी राष्ट्रिय परिचयपत्र बनाउने नाममा आर्थिक चलखेल भएको उजुरी परेपछि संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समितिले यसबारे प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिँदैछ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री विष्णु पौडेललगायतलाई बोलाएर छलफल गर्न लागिएको समिति सदस्य रामहरी खतिवडाले जानकारी दिए ।

‘अहिलेसम्म उहाँहरु बैठकमा आउने जानकारी पाएका छौं,’ लेखा समितिका उपसचिव सुरेन्द्र अर्यालले भने । लेखा समितिको बैठक बिहान साढे ११ बजे बोलाइएको छ ।

सरकारले नागरिकतालाई विस्थापित गरी राष्ट्रिय परिचयपत्र बनाउने अवधाणा अघि सारेको छ । यसबारे समितिले सांसद खतिवडाको संयोजकत्वमा उपसमिति बनाएर छानविन अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?