१६ वैशाख, म्याङलुङ । तेह्रथुमको जलजले गाविस-४ का एक व्यक्तिलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

तास खेल्ने क्रममा विवाद हुँदा भरुवा बन्दुक ताकेर तर्साउने स्थानीय ३० वर्षीय कमलबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
तास खेल्ने क्रममा सोही ठाउँका सुपाल लिम्बुसँग कमलबहादुरको विवाद भएको थियो । त्यसपछि उनले घरबाट बन्दुक ल्याएर सुपाललाई ताकेको स्थानीयको भनाइ छ ।
सोही सूचना पाएपछि प्रहरी चौकी ओयाक्जुङबाट खटिएको टोलीले कमलबहादुरलाई भाग्दै गरेको अवस्थामा बन्दुकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4