+
+

भूकम्प पीडितलाई राहत बाँड्ने भन्दै रकम असुल्ने पक्राऊ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २२ गते १५:१०

२२ वैशाख, काठमाडौं । शंकरापुर नगरपालिकाका क्षेत्रमा भूकम्प पीडितहरुलाई राहत बाँड्ने भन्दै रकम ठगी गर्ने संखुवासभा आखिभुई गाविस-३ घर भएका २९ वर्षीय सुजन राई पक्राउ परेका छन् ।

राईले आफू राहत बाँड्ने संस्थासँग सम्बन्धित ब्यक्ति हुँ भनी भूकम्प पीडितको परिचयपत्र बनाइदिन्छु भनि रकम असुलेका थिए । त्यसका लागि उनले हातले तयार गरेको भूकम्प पीडितहरुको विवरण संकलन गर्ने नक्कली फारम समेत देखाएका थिए ।

फारम भरेको १ हजार ६ सय रुपैयाँ लाग्छ र कृषि बिकास वैंकबाट १५ लाख रुपैयाँ ऋण पाइन्छ भन्दै भूकम्प पीडितहरुबाट नगद संकलन गर्ने मनसायले हिँडिरहेको अवस्थामा स्थानियहरुले नियन्त्रणमा लिई महानगरीय प्रहरी प्रभाग साँखुको जिम्मा लगाएका थिए । प्रहरीले राइको साथबाट नक्कली कागजपत्र र ३ हजार ८ रुपैयाँ बरामद भएको जानकारी दिएको छ ।

गोरु काटेको आरोपमा पक्राउ

यसैबीच गोरु काटेको आरोपमा पाल्पाको हुँगी-४ बस्ने ३१ वर्षीय मनबहादुर दमाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

दमाई समेतका ३ जनाले बैशाख २० गते सोही ठाउँमा गोरु काटेको भन्ने खबर पाएपछि खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उक्त कार्यमा संलग्न अन्य २ जना हाल फरार रहेकोले प्रहरीले खोजी गर्नुकासाथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?