+
+

विन्डोज र म्याकका लागि ह्वाट्सएपको नयाँ एप

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३० गते १२:११

Whatsapp-for-PC

इन्स्ट्यान्ट मेसेजिंग तथा भ्वाइस कलिंग एप ह्वाट्सएपले विन्डोज तथा म्याक कम्प्युटरका लागि डेस्कटप एप सार्वज्निक गरेको छ । ह्वाट्सएपको उक्त डेस्कटप एपलाई कम्पनीको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

यो नयाँ एप विन्डोज ८ तथा त्यसपछिका अपरेटिंग सिस्टमवाला डिभाइसका साथै म्याक ओएस १०.९ र त्यसपछिका अपरेटिंग सिस्टमवाला डिभाइसमा काम गर्नेछ ।

डेक्सटप एप लञ्च भएसँगै अब ह्वाट्सएप सबै लोकपि्रय प्लेटर्फमहरुमा एपका रुपमा उपलब्ध भएको छ । ह्वाट्सएप वेब लन्च गरेकेा १४ महिनापनि कम्पनीले ह्वाट्सएपको डेक्सटप एप सार्वजनिक गरेको हो । ह्वाट्सएप वेब फिचरका माध्यमबाट प्रयोगकर्ताले आफ्ना डेक्सटपको वेब ब्राउजरबाट ह्वाट्सएप चलाउन सक्दथे । तर चाहीँ डेक्सटपमा पनि ह्वाट्सएपको छुट्टै एप इन्स्टल गर्न सकिने भएको छ । ह्वाट्सएपले आफ्ना ब्लगमा लेखेको छः आज हामी एक डेक्सटप एप लञ्च गरिरहेका छौँ, ता की तपाइँ जहाँसुकैबाट जहिलेपनि ह्वाट्सएप प्रयोग गर्न सक्नुहोस् । चाहे आफ्नो फोनबाट होस् वा कम्प्युटरबाट ।

आफ्नो विन्डोज कम्प्युटरमा ह्वाट्सएप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?