+
+

टेलियासोनेराको विमान रहस्यमय ढंगले काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १ गते ६:०९

Ncell-Logo१ जेठ, काठमाडौं । एनसेल कर विवाद सल्टिएको भए पनि स्विडेनको बहुचर्चित टेलिकम संस्था टेलियासोनेराले मलेसियास्थित एक्जिटा कम्पनीलाई आफ्नो कम्पनी बेच्ने क्रममा गरेका केही रहस्यमय गतिविधिबारे जानकारी प्राप्त भएको छ ।

जानकारी अनुसार माघ ८ गते शुक्रबार अबेर त्रिभुवन विमानस्थलमा एउटा प्राइभेट जेट (फ्लाइट नम्बर जेईएफ ३३) अवतरण गरेको आजको अन्नपूर्णले समाचारमा उल्लेख गरेको छ ।

त्यसमा टेलियासोनेराका बरिष्ठ अधिकारी र एनसेल ग्रुपका कार्यकारी प्रमुख जोहन डेनलिन्ड रहेका थिए ।  त्यो विमानको अवतरण र प्रस्थानलाई लिएर अहिले छानबिन हुन लागेको एक उच्चस्तरीय सरकारी स्रोतले बतायो । विमान फिनल्याण्डबाट भाडामा ल्याइएको थियो र बाकु अजरबैजानमा रिˆयुल गरिएको थियो ।

उक्त टोलीले राजनीतिक तथा प्रसाशनीक तहमा भेटघाट गरेको थियो । त्यही दिन मलेसियाबाट कठमाडौं एक्जिटका कार्यकारी प्रमुख जमालुदिन अब्राइम पनि एनसेलका स्थानीय सेयरहोल्डर सतीष आचार्यद्वारा समन्वय गरिएको ती वैठकमा समालेल थिए ।

यो उच्चस्तरीय लआगमनभन्दा पहिला र पछि पनि येनलिन्डका पुराना साथी र टेलियासोनेराका अर्का स्टाफ सलमान वेकले नेपालमा एकसेल प्रकरणलाई निष्कर्षमा पुर्‍याउन आउने जाने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?