२ जेठ, काठमाडौं । २० बर्षदेखि साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको हिमाली गुराँसले आफ्नो तेस्रो बिशेषांक प्रकाशित गरेको छ ।
पत्रिकाको ६०औं अंकको रुपमा ४३ जना स्रष्टाहरुको सृजना समावेश गरेर नियात्रा बिशेषांकको रुपमा प्रकाशन गरिएको हो ।
साहित्यकारहरुको स्वदेश तथा बिदेश भ्रमणका क्रममा रचिएका सृजनाहरु यसमा समावेश छ । बिशेषांकको नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले विमोचन गरे ।
हिमाली गुराँसले २०७१ र २०७१ मा यसअघि दुई बिशेषांकहरु प्रकाशित गरिसकेको छ । बिशेषांकको बारेमा साहित्यकारहरु तुलसीप्रसाद भट्टराई, गोलिन्दराज भट्टराई तथा प्रा. डा. कृष्णप्रसाद दाहालले समिक्षा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4