+
+

संघीय गठवन्धनको आन्दोलनप्रति नयाँ शक्तिको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २ गते १४:२२

Baburam bhattrai

२ जेठ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले संघीय गठवन्धनको आन्दोलनको समर्थन गरेको छ ।

मधेसी मोर्चासहितको गठवन्धनले आइतबार सिंहदरवार घेराउ गरिरहेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक भट्टराईले विज्ञप्ति जारी गरेको पहिचान र अधिकारको सवालमा मधेसी र जनजाति समुदायले उठाएका मागहरु जायज भएको बताएका छन् ।

आन्दानेलनरत समुदायको जायज मागप्रति नयाँ शक्ति नेपाल समर्थन गर्छ, साथै उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता समेत प्रकट गरेको छ ।’

संविधान जारी भएको लामो समय हुँदा पनि उत्पीडित जनताले संविधानलाई आत्मसाथ गर्न नसक्नु र सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु दुःख भएको नयाँ शक्तिले जनाएको छ ।

आन्दोलनरत समुदायको माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प नभएको भट्टराईले बताए । साथै आन्दोलनरत समुदायको माग सम्बोधन गरी राष्ट्रिय समस्याको समाधान गर्न सरकार र दलहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?