+
+

फ्लोरिडामा मिल्टन आँधीमा परी १६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २५ गते ८:३०
Photo Credit : Getty Images

२५ असोज, काठमाडौं । मिल्टन आँधीमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् ।

बीबीसीका अनुसार आगामी दिनमा मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना ती अधिकारीहरूले व्यक्त गरेका छन् ।

फ्लोरिडाको करिब २००० मानिस बस्ने एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४०० जनाको उद्धार गरिएको छ ।

बुधबार अमेरिकाको फ्लोरिडामा मिल्टन आँधी प्रवेश गरेपछि धेरै क्षेत्र डुबानमा परेका छन् ।

यसबाहेक ३० लाखभन्दा बढी घरमा विद्युत् कटौती भएको छ । फ्लोरिडाको सेन्ट पिटर्सबर्ग लगायतका स्थानमा पिउने पानी छैन। मिल्टन आँधीले गरेको विनाशपछि अरु पनि स्थानहरूको पानी आपूर्ति पनि प्रभावित भएको छ ।

यो आँधी घातक साबित हुन सक्ने र तीव्र हावाले अचानक बाढी निम्त्याउन सक्ने सरकारी निकायहरूले सचेत गराइरहेका छन् । उनीहरूका अनुसार उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?