
३ जेठ, तनहुँ । तनहुँको काहुँसिवापुरमा चट्याङ पर्दा दुर्इ जनाको मृत्यु भएको छ ।
गाविस–७ बस्ने खेम रानाको घरमा चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति ११ बजे मृत्यु भएको छ ।
गुलाबी राना शक्त घाइते भई थप उपचारका लागि पोखरा पठाइएको जानकारी प्राप्त भएको छ ।
त्यसैगरी सोही वडा निवासी वर्ष ५५ की एनिमाया थापाको घरमा चट्याङ पर्दा घाइते भई अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको छ ।
सोही वडा निवासी ऋषिराम थापाको चट्याङले गर्दा चार वटा गाई, तीन वटा बाख्रासमेत मरेको जिल्ला प्रहरी कार्यालय तनहुँका नायव प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4