१६ भदौ, चितवन । चितवनको माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका-१ शिकारीपुरमा चट्याङ लागेर ५० बर्षीया सरस्वती महतोको मृत्यु भएको हो ।
गोठमा भैंसीलाई कुडो खुवाउन गएका बेला उनलाई चट्याङ लागेको थियो । महतोको टाउको, ढाड, खुट्टा र शरीरका अन्य भाग जलेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4