+
+

कोरियामा ५ महिनाभित्र ५ हजार कामदार

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ५ गते ५:५९

korean eps line (11)५ जेठ, काठमाडौं । ईपीएस कोरिया शाखाका अनुसार सन् २०१६को मे १७ सम्म कोरिया जान योग्य सूचीमा रहेका मध्ये ५ हजार १६१ नेपाली कामदारको श्रम सम्झौता प्राप्त भएको हो ।

वर्षमा ५ हजार ८ देखि ६ हजारसम्म नेपाली कामदार जान्छन्, तर यो वर्षको ५ महिना नपुग्दै ठूलो संख्यामा कामदारको श्रम सम्झौता भएको आजाको कारोबार दैनिकले जनाएको छ ।

इपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले छोटो समयमै नेपाली कामदारलाई बढी श्रम सम्झौता दिनु भनेको कारियाले बढी प्राथमिकतामा राखेको बुझिएको जनाए  । उनले नेपालको निरन्तर पहलका करण यो सम्भव भएको बताए ।

सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो ।

हालसम्म दक्षिण कोरियामा ईपीएसमार्फत ४० हजार नेपाली कामदार पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?