+
+

करिअर ओरालो लागेपछि जीवनको यस्तो निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ६ गते १२:०५

jiwan luitel
नायक जीवन लुइटेलको करिअर आरालो लाग्दो अवस्थामा छ । उनले अभिनय गरेका  चलचित्र ३ बर्षदेखि असफल छन् । जीवनले अफर आएका सबै चलचित्र गर्दा उनको स्टारडम र दर्शकको विश्वास घटेको छ ।

सायद, यही कुरालाई वुझ्दै जीवनले बर्षमा २ वटामात्र चलचित्र गर्ने निर्णय गरेका छन् । यो बर्ष उनले ‘राधा’ पछि अर्को एक चलचित्रमा काम गर्नेछन् ।

आफूलाई मन छोएको स्त्रिmप्टमा मात्र काम गर्ने भन्दै उनले धेरै अफर टुक्राएका बताए । उनले भने-‘हिजोका दिनमा जे जति चलचित्र खेलियो, त्यो समयको माग थियो । तर, अब चलचित्र मेकिङ र कथा छनोटमा ध्यान दिइएन भने करिअर नै सकिने रहेछ ।’ उनले अन्य कलाकारलाई पनि कथा छनोट र समय अनुसारको मेकिङमा ध्यान दिएर काम गर्न सुझाव दिए ।

नेपाली चलचित्रका चकलेटी नायकलाई अहिले आएका अन्य केही नायकले उछिनिसकेका छन् । यसैले पनि होला उनी करिअरप्रति यति धेरै संवेदनशिल देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?