+
+

रामपुर नगरलाई लसुन खेतीमा आत्मनिर्भर बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ६ गते १५:००

६ जेठ, पाल्पा । सरकारको ‘एक नगर एक उत्पादन’ कार्यक्रमअन्तर्गत लसुन खेती पकेट क्षेत्रका रुपमा विकास गर्ने गरी रामपुर नगरपालिकालाई पकेट क्षेत्र घोषणा गरिएको छ ।

Lasun,-Garlicयहाँको बजार मूल्य र खपत बढी हुने गरेका कारण लसुन उत्पादनमा जोड दिँदै यसको आयातलाई शून्यमा पुर्याउने लक्ष्यका साथ नगरपालिकाले सो अभियान थालेको हो । नगर क्षेत्रमा सिँचाइ गरी लसुन खेतीबाट मनग्य आम्दानी लिन सकिने प्रशस्त सम्भावना छन् ।

रामपुर नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम अर्यालले नगरभित्र लसुन खेती उत्पादन र विस्तारका लागि गाउँमा छलफल चलाइएको बताए । ‘नगरलाई लसुन खेतीबाट चिनाउने गरी स्थानीय उत्पादनमा जोड दिन थालेका छौँ,’ उनले भने  ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइराला मसला बालीअन्तर्गत पर्ने लसुनलाई स्थानीयवासी आफैले उत्पादन नगरेसम्म पकेट क्षेत्र घोषणा नाम मात्रको हुने बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?