+
+

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १० गते ७:५२

Jail Logo१० जेठ, पोखरा । अमेरिका पठाइदिन्छु भन्दै केटी साथीलाई ठगी गर्ने तनहुँ मनपाङ गाविस–२ शेराटार घर भई हाल चितवनको पार्वतीपुर बस्ने २७ वर्षीय राज भन्ने चित्रकुमार श्रेष्ठलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

श्रेष्ठले आकास घलेको फेसबुक तथा भाइवरबाट केटी साथी बनाइ आफू शेष घलेको छोरा भएको र हाल अमेरिकामा बस्दै आएको बताउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाईहरु अमेरिकामा आउने हो भने नेपालमा मेरो साथी छ उसलाई भेट्नुस् भनेर सम्पर्क नम्बर लिने र आफैँ आकास घलेको साथी बनी भेट्ने र केटीलाई अमेरिका पठाइदिने आश्वासन दिँदै ठगी गर्ने गरेकाले निजलाई पक्राउ गरी वडा प्रहरी कार्यालय बैदामबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा निज विगत १० वर्षदेखि मलेसियामा अवैध कामदारका रुपमा काम गरी गत वैशाख २५ गते नेपाल फर्किएको र निजले विभिन्न बहाना बनाइ ठगी गर्ने गरेकोसमेत स्वीकारेको बताइएको छ ।

यस्तै प्रकृतिको घटना कसैसँग घटेको भए वडा प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत प्रहरीले सबैसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?