+
+

ढोरपाटनको आलु फ्रान्स निर्यात गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १२ गते ६:२०

potato१२ जेठ, काठमाडौं । बागलुङको बोवङ गाविसस्थित ढोरपाटन, ताराखोला, अधिकारी चौर गाविसमा उत्पादित अर्गानिक आलु युरोपेली मुलुक फ्रान्स निर्यात गर्ने तयारी गरिएको छ ।

फ्रान्समा आलुको माग भएपछि ढोरपाटनको आलु हिमालयन आलुको ब्रान्डमा निर्यात गर्ने पक्रिया सुरु गरिएको आजको अन्नपूर्ण पोस्टले जनाएको छ ।

समुद्र सतहबाट १८ सयदेखि २७ सय मिटरसम्मको उचाइमा उत्पादन हुने अर्गानिक आलु फ्रान्समा माग भएपछि अर्गानिक सपर्टफिकेसनको तयारी गरुएिको जिल्ला कृषि विकास कार्यालय बागलुङका प्रमुख विदानेद हमालले जानकारी दिए ।

फ्रान्समा रहेका ढोरपाटन क्षेत्रका नेपालीको पहलमा यो प्रक्रिया सुरु भएको हो । ढोरपाटनको आलु स्वाद राम्रेा भएकाले फ्रान्समा माग भएकोले गुणस्तरीयताको परीक्षण प्रतिवेदन आएपछि निर्यातको प्रक्रिया अगाडि बढ्ने जिल्ला कृषि विकास कार्यालय बागलुङका प्रमुख हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?