१२ जेठ, कपिलवस्तु । कपिलवस्तुमा सडक दुर्घटनामा परी एकको मृत्यु भएको छ ।
बाणगंगा नगरपालिका १४ स्थित सिद्धार्थ बहुमुखी क्याम्पस अगाडि सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको हो । दुर्घटनामा बाणगंगा नगरपालिका डुङहवा कपिलवस्तुका २१ वर्षीय दिपेन्द्र चौधरीको ज्यान गएको हो ।
आज बिहान करिब ६ बजे नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिदा साइकलमा सवार चौधरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी चौकी पिपराले जानकारी दिएको छ ।
ठक्कर दिने सवारीसाधनको खोजि भई रहेको प्रहरीले जानाएको छ । ठक्कर पश्चात स्थानीयवासीहरुले ४ घन्टा महेन्ऽ राजमार्ग जाम गरेका थिए । मृतक चौधरी बोडगाउँस्थित चिल्ड्रेन प्याराडाइजका शिक्षक थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4