बलिउड नायिका प्रियंका चोपडा यतिबेला हलिउड यात्रमा दौडिरहेकी छिन् । हलिउड यात्रामा रहेकी प्रियंकालाई मिडियाले पनि उच्च स्थान दिएका छन् ।
हालै मात्र नायिका चोपडाले ‘कप्लेक्स’ नामक म्यागेजिनका लागि फोटोसुट गराएकी छिन् । उनले ट्विटरमा यो फोटो शेयर गर्दै खुशी व्यक्त गरेकी छिन् । यो अंकमा चोपडाको रोचक अन्र्तवार्ता पनि छापिएको छ । उनले आफ्नो परिवार, ट्याटु, करिअरको बारेमा कुरा गरेकी छिन् ।
उनले हलिउड सिरियल ‘क्वान्टिको’ र चलचित्र ‘वेवाँच’ पछिको बाटोको बिषयमा पनि कुरा गरेकी छिन् ।
बलिउड चलचित्रमा अहिले उनको उपस्थिती कम छ । उनी हलिउड यात्रासँगै अमेरिकी राष्ट्रपतिको डिनरमा समेत सहभागी भैसकेकी छिन् भने चर्चित अवार्डमा पनि सहभागी हुँदै आएकी छिन् । उनकै कारणले अन्य बलिउड नायिकाका लागि हलिउडको ढोका खुलेको विश्लेषण पनि गर्न थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4