+
+

यस्तो छ सलमान पहलमान बनेको ‘सुल्तान’ ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १२ गते १२:३२

salman khan in sulatan
बलिउड नायक सलमान खानको चलचित्र हेरेर रमाउने दर्शकका लागि खुसीको खबर छ । सलमानले अभिनय गरेको नयाँ चलचित्र ‘सुल्तान’को ट्रेलर सार्वजनिक भएको छ ।

३ मिनेट लामो ट्रेलर हेर्दा लाग्छ, यस चलचित्रलाई निर्देशकले सलमानको एक्सन र आँशुको मेल गराउने प्रयाश गरेका छन् । सुरुवातमै सलमानको आगमन विषेश लाग्छ । चलचित्रमा सलमान खान र नायिका अनुष्का शर्मा मुख्य भूमिकामा छन् ।

यस चलचित्रमा सलमान सुल्तान बनेका छन् भने अनुश्का आरफाको भुमिकामा छन् । दुबैले पहलमानको भुमिका सुहाउदो ढंगले निर्वाह गरेका छन् । यशराज फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई अली अब्बास जफरले निर्देशन गरेका छन् । यो चलचित्र जुलाई ८ बाट अल नेपाल रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?