१८ जेठ काठमाडौं । सामान्य प्रशासन मन्त्रालयको सर्कुलर विपरित गृह मन्त्रालयले मंगलबार ठूलो संख्यामा सिडिओ, सहायक सिडिओ, जेलर लगायतको सरुवा गरेको छ ।
सामान्य प्रशासन मन्त्रालय र सचिवस्तरको बैठकले छुट्टा-छुट्टै सर्कुलर गरी चालु आर्थिक बर्षभरि महत्वपूर्ण कार्यालय प्रमुखहरुलाई सरुवा नगर्न निर्देशन दिएको थियो ।
तर, गृहले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी मात्र ४० जनाको सरुवा गरेको छ । कुल ५१ जना कर्मचारीको सरुवा गरेकोमा अरु ११ जनालाई कारागार विभाग र अध्यागमन विभागमा सरुवा गरिएको छ ।
सामान्य प्रशासन मन्त्रालयले गृहले गरेको सरुवाबारे जानकारी नभएको बताएको छ । ‘चालु आर्थिक बर्षभरी सरुवा नगर्नु भन्ने सर्कुलर गरेका थियौँ, त्यो गृहलाई पनि लागु हुने हो, उसले किन मानेन बुझेरमात्र भन्न सक्छु,’ सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माले भने ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले भने सामान्य प्रशासनको सर्कुलर विकासे कार्यालयका लागि भएको भन्दै उक्त सर्कुलरले गृहको सरुवालाई असर नगर्ने प्रतिक्रिया दिएका छन् ।
(यो पनि पढ्नुस्: गृहले गरेको सरुवा बदर गर्न मुख्य सचिवको निर्देशन)
(हेर्नुस को कहाँ सरुवा भए)
प्रतिक्रिया 4