
१९ जेठ, काठमाडौं । काठमाडौंको कुलेश्वरमा फेला परेको चितुवा चार घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको छ ।
बुधबार बिहान पाँच बजेतिर कुलेश्वरको लिंक रोडस्थित एक घरमा चितुवा छिरेको थियो ।
बेहोस् बनाउने सुई हानेर चितुवालाई नियन्त्रणमा लिइएको वन्यजन्तु विशेषज्ञ विश्वनाथ रिजालले अनलाइनखबरलाई जानकारी दिए ।
सुरक्षाकर्मी, चिडियाखाना र वनका कर्मचारीहरुलाई चितुवा नियन्त्रण गर्न हम्मे-हम्मे परेको थियो । पहिलो पटक सुई हान्दा बेहोस् नभएको चितुवा दोस्रो पटक सुइ हानेपछिमात्रै बेहोस् भएको थियो ।
चितुवा घरको कम्पाउण्डमा छिरेका कारण घरमा बसेकाहरु बाहिर निस्किन सकेका थिएनन् । प्रहरीले पनि घर वरपरका सडकमा हिँडडुल गर्न सबैलाई रोक लगाएको थियो ।
घरमा पालिएको सेतो कुकुरलाई चितुवाले आक्रमणको प्रयास पनि गरेको थियो, तर खान भने सकेन ।
चितुवा नियन्त्रणको प्रयास हेर्न कुलेश्वरमा सर्बसाधारणको घुइँचो लागेको थियो ।
प्रतिक्रिया 4