+
+

आधा अर्ब रुपैयाँ तिरेर धनाढ्यले किने कारको नम्बर प्लेट

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २४ गते ९:२६

carसंयुक्त अरब इमिरेट्स, युएइका एक धनाढ्य व्यवसायीले झण्डै आधा अर्ब रुपैयाँ खर्च गरी आफ्नो नयाँ कारमा नम्बर प्लेट हालेका छन् ।  एक विशेष नम्बर प्लेटका लागि उनले ५० लाख डलर भुक्तान गरेका हुन् ।

विशेष नम्बर प्लेट भन्ने बित्तिकै त्यो कतै हिराजडित वा सुन जस्तो महंगो धातुबाट बनेको पो थियो की भन्नुहोला । तर होइन । नम्बर प्लेट विशेष हुनुको कारण के भने उक्त नम्बर प्लेटमा केवल एउटा अंक छ । त्यो हो एक । उक्त नम्बर प्लेट लिलामी गर्ने कार्यालयले सोँचेभन्दा बिस गुणा बढि मूल्यमा नम्बर प्लेटको लिलामी भएको हो ।

कार भन्दा कैयौँ गुणा बढि मूल्य तिरेर नम्बर प्लेट खरीद गर्ने धनाढ्य आरिफ अहमद अल जरौनीले आफ्नो महत्वाकांक्षा सधै नम्बर वान बनिरहने रहेको बताएका छन् ।

यसभन्दा पहिले सन् २००८ मा नम्बर एक वाला कार प्लेट झण्डै दुइ करोड ३० लाख रुपैयाँमा बिकेको थियो ।

गत शनिवार युएइमा भएको लिलामीमा सो सँगै अन्य ६० वटा लोकपि्रय नम्ब प्लेट राखिएको थियो । जसमा १२, २२, ५०, १००, ३३३, ७७७, १०००, २०१६, २०२०, ९९९९९ जस्ता नम्बर प्लेट थिए । सबै नम्बर प्लेटको लिलामीबाट एक करोड ३६ लाख डलर रकम प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?