+
+

तपाइसँग कथा छ ? किरण केसीलाई भेट्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २४ गते १०:१५

kiran kcकाठमाडौं । तपाइसँग चलचित्रलाई हुने खालको कुनै कथा छ । छ भने आजै निर्माता एवं कलाकार किरण केसीलाई भेट्नुस् । तपाइको कथा उनलाई चित्त बुझ्यो भने तपाईको पनि चित्त बुझ्नेगरी पैसा दिने छन् ।

केसी आफैं हाँस्य कलाकार भएकाले कथा भने हाँस्य परिवेशकै चाहिन्छ उनलाई । ‘कमेडीमा मौलिक कला मिसिएको हुनुपर्छ ।’ उनले भने ‘मलाई कथा मन पर्‍यो भने चित्तबुझ्दोे पैसा दिन्छु, भनेजति पाउनुहुन्छ ।’ केसीले अनलाइनखबरसंग कुरा गर्दै भने । फिचर फिल्मका लागि उनले कथा खोजेको केहि वर्ष भयो तर, अहिलेसम्म चित्त बुझ्दो कथा भेटेका छैनन् ।

राम्रो कथा छ भने आफुलाई बिक्री गर्न आग्रह गरे उनले । केसीले दुखेसो पोखो ‘अहिलेको दर्शकलाई मन पर्ने खालको कथा नभेटेकै कारण मैल फिल्म बनाउन पाईन ।’

उनी यो वर्षभित्र एउटा चलचित्र बनाएरै छाड्ने योजनामा छन् । चिनजानका केही साथीहरु मार्फत राम्रो स्त्रिmप्ट खोजी पनि गरेका थिए । अहिलेसम्म भेटेका छैनन् ।

तँ त सार्‍है बिग्रीस नि बद्री, जे भो राम्रै भो लगायतका फिल्म निर्माण गरका केसीले प्राय मह जोडीसंग अभिनय गर्ने गरेका छन् ।

पछिल्ल्ाो समय जितु नेपाल र शिबहरी पौडेल निर्देशित ‘जीरे खुर्सानी’ वाट चर्चामा आएका केही अहिले ‘ब्रेकफेल’ नामक चलचित्रको निर्देशक पनि हुन् । उक्त चलचित्रमा केसी र पौडेलको निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?