+
+

पत्रकार क्षेत्रीको स्मरणमा पुरस्कार स्थापना गर्ने प्रेस युनियनको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २६ गते १३:३५

Surya-Kumar-Chhetri-no-more

२६ जेठ, काठमाडौँ । ब्रेन ट्युमरबाट निधन भएका नेपाल प्रेस युनियनका केन्द्रीय सचिव स्वर्गीय सूर्यकुमार क्षेत्रीको स्मृतिमा पत्रकारलाई सम्मान गरिने भएको छ ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले ‘सूर्यकुमार क्षेत्री स्मृति पत्रकारिता सम्मान’ स्थापना गरी हरेक वर्ष पत्रकारितामार्फत योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्ने निर्णय गरेको हो ।

यस्तै नेपाल प्रेस युनियन महिला विभागको आयोजनामा आगामी असार ३ र ४ गते काठमाडौँमा हुन लागेको राष्ट्रिय महिला भेलालाई सफल पार्न काठमाडौँ शाखा सक्रिय रहने निर्णय भएको छ ।

बैठकमा पत्रकारको न्यूनतम पारिश्रमिक विद्यमान सिफारिस न्यायोचित नभएको भन्दै निजामती कर्मचारीको अधिकृत सरह बनाउन माग गर्न सम्बन्धित निकायलाई दबाब दिने निर्णय गरेको अध्यक्ष अर्यालले जानकारी दिए ।

 रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?