+
+

साझा बसमा तोडफोड, २२ बन्दकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २७ गते ८:३०

banda_sajha२७ जेठ, काठमाडौं । विप्लब नेतृत्वको माओवादीले आहृवान गरेको बन्दका क्रममा साझा बसमा तोडफोड भएको छ ।

राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ ।  ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस अघि विहान कोटेश्वरमा एउटा ट्याक्सीमा बन्दकर्ताले  आगजनी गरेका थिए ।

यसैबीच बन्द गराउँदै हिडेका २२ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका बन्दकर्ताहरुलाई महेन्द्र पुलिस क्लब, बालाजु लगायका स्थानमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?