+
+

जग्गामा महिलाको स्वामित्व बढ्दै

रासस रासस
२०७३ जेठ २७ गते ११:२८

२७ जेठ, काठमाडाैं । महिलाका नाममा जग्गा पास गर्दा लाग्ने राजस्वमा सरकारले छुट दिने व्यवस्था गरेपछि जग्गा जमिन माथि उनीहरुको स्वामित्व बढ्दै गएको छ ।

चालु आव २०७२÷०७३ को वैशाख मसान्तसम्ममा यहाँ एक हजार ७४८ महिलाको नाममा जग्गा पास भएको छ । अघिल्लो आव २०७१÷०७२ मा यही अवधिमा यो सङ्ख्या एक हजार ७८० मात्र थियो ।

purjaसरकारले महिला, दलित, सहिद परिवार, अपाङ्ग, वृद्धवृद्धा, उद्योगधन्दा, हाइड्रोपावर, चिया खेतीलगायतका आठ शीर्षकमा जग्गाको स्वामित्व लिँदा जग्गा पास दस्तुरमा छुट दिने गरेकाले महिलाका स्वामित्वमा जग्गा पास गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको जिल्ला मालपोत कार्यालयका नायब सुब्बा कुलप्रसाद देवानले बताए ।

ग्रामीण क्षेत्रका महिलाले आफ्नो नाममा जग्गा पास गरे ३० प्रतिशत र सहरी क्षेत्रमा पास गरे २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । एक हजार ७४८ जना महिलाका नाममा जग्गा रजिष्ट्रेसन पास गरेबापत महिलालाई सरकारले रु ४३ लाख ९१ हजार ४४ छुट दिएको छ ।

आव २०७२÷०७३ मा २० दलित, जनजातिले आफ्नो नाममा जग्गा पास गरी रु ७७ हजार ६६० राजस्व छुट पाएको कार्यालयका नासु देवानले जानकारी दिए ।

चालु आवमा सात जना वृद्धवृद्धाले आफ्नो नाममा जग्गा खरिद गरी रु ६४ हजार ७५१ राजस्व छुट पाएका छन् । चालु आवको वैशाख मसान्तसम्ममा मालपोत कार्यालय इलामले जग्गा पासबाट रु तीन करोड ७९ लाख सात हजार ६३१ राजस्व असुली गरेको छ ।

महिला, दलित, अपाङ्ग, लोपोन्मुख, जनजाति, समुदायका व्यक्तिलाई सरकारले गाविसको सिफारिस लिएर आएमा २५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?