युरो कप २०१६ को दोस्रो खेलमा शनिबार स्वीट्जरलयाण्ड र अल्वानिया भिड्दा एउटा चाखलाग्दो दृश्य देखियो । जाका दाजुभाइ एकअर्काविरुद्ध खेलिरहेका थिए, जुन अन्तराष्ट्रिय फुटबलमा विलरै देख्न पाइने यो दृश्य हो ।
टाओलेन जाका र ग्रानेस जाका सहोदर दाजुभाइ हुन् । र, युरो कपमा टाउलेन अल्बानिया र ग्रानेस स्विट्जरल्याण्डबाट खेलेका छन् । उनीहरु पहिले स्वीस उमेर समूहको टोलीबाट सँगै खेल्थे ।
तर, तीन बर्षअघि दाइ टाओलानले स्वीस् टोली छाडेर अल्वानियाको नागरिकता लिने निर्णय गरे । भाइ ग्रानेसले भने स्वीस टोलीबाटै खेलिरहेका छन् ।
सन् २०११ देखि स्वीस् टोलीबाट खेलिरहेका ग्रानेसले ४० खेलमा ६ गोल गरिसकेका छन् । २३ बर्षीय उनी स्वीस् टोलीका भरपर्दा मिडफिल्डर हुन् । उनले इंग्लिस टोली आर्सनलबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।
२०१३ मा अल्वानियाको नागरिकता लिएका टाओलेनले भने अहिलेसम्म राष्ट्रिय टोलीबाट १० खेल खेलेका छन् । उमेर समूहका सबै प्रतियोगिता स्विट्जरल्याण्डबाटै खेलेका उनलाई फिफाले २०१४ मा अल्वानियाबाट खेल्न मान्यता दिएको थियो ।
प्रतिक्रिया 4