+
+

अध्ययन भन्छः पोर्न सामाग्री हेर्ने मानिस बढि धार्मिक हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३२ गते १०:४४

pornमानिसले जतिधेरै पोर्न सामाग्रीहरु हेर्यो ऊ उति नै धेरै धार्मिक चरित्रको बन्दछ । यो कुनै हावादारी कुरा होइन । यदि तपाइँको धर्मप्रतिको आस्थामा कमी आएको छ र नास्तिक बनिरहेको महसुस भई धार्मिक हुनुपर्छ भन्ने भावना पलाएको छ भने यसको एउटा मज्जाको उपाय पत्ता लागेको छ ।

शोधकर्ताहरुका अनुसार यदि कोही मानिसले हप्ता एक पटक भन्दा बढि पटक पोर्न सामाग्री हेर्यो भने ऊ बढि आस्तिक तथा धार्मिक बन्दछ ।

जति धेरै पोर्न सामाग्री हेर्यो मानिस उति नै धेरै धार्मिक बन्नुको कारण छ । शोधकर्ताहरुका अनुसार पोर्न फिल्म तथा अन्य खाले पोर्न सामाग्री हेरिसकेपछि मानिसले आफैले आफैलाई दोषी जस्तो ठान्दछ र उसमा हीनताबोध पलाउँछ । यस्तो पश्चातापका कारण ऊ धर्मतर्फ अघि बढ्छ । पोर्न फिल्म हेर्दा आफुले धर्मको उल्लंघन गरेको अनुभुतिका कारण उसले प्रायश्चितका लागि बढि धार्मिक गतिविधि तथा आस्थामा आफुलाई संलग्न गराउँदछ ।

अमेरिकाको ओक्लोहोमा विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार धेरै पोर्न सामाग्री हेरेपछि मानिसले आफ्नो व्यवहारमा दोष पाउँछ र आफ्नो यस्तो बानी व्यहोराप्रति आफैलाई लाज हुन्छ । त्यसपछि उसले त्यस्तो अवस्थाबाट बाहिर निस्कने कोसिस गर्दछ अनि धर्म तथा अध्यात्मको सहारा लिन्छ ।

शोधकर्ताहरुले १३१४ जना मानिसहरुको समूहलाई उनीहरुको पोर्न हेर्ने आनीबानी तथा धार्मिक क्रियाकलापका बारेमा सोधेका थिए । त्यस क्रममा उनीहरुले पोर्न सामाग्री हेर्ने मानिसहरुमा धार्मिक आस्था बढि हुने गरेको पाइयो । कतिपय विद्धानहरुले धार्मिक मानिसहरुले निकै कम पोर्न सामाग्री हेर्ने दाबी गरेपनि पछिल्लो अध्ययनले भने पोर्न सामाग्री हेर्नाले मानिसको धार्मिक आयाममा वृद्धि हुने देखाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?