१ असार, काठमाडौं । उपप्रधानमन्त्री चित्रबहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चाले संघीयतालगायतको विरोधमा दुई महिने आन्दोलनको घोषणा गरेको छ ।
राजधानीमा सम्पन्न राष्ट्रिय जनमोर्चाको बैठकले असार २ देखि साउन मसान्त सम्म देशव्यापी संघर्षका कार्यक्रम तयार पारेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
बुधबार जारी प्रेस विज्ञप्तिअनुसार असार २ देखि १९ गतेसम्म राष्ट्रियताको रक्षा र संघीयताको खारेजी, महंगी, कालोबजारी लगायतका विषयमा गाउँ स्तरीय भेटघाट, जनसभा र भित्तेलेखन गरिने भएको छ ।
असार २० देखि मसान्तसम्म जिल्ला स्तरीय सभा र कोणसभाहरु आयोजना गरिने छ भने साउन २ देखि मसान्तसम्म विभिन्न जिल्लामा अन्तरक्रिया र सभाहरु गरिने जनमोर्चाका महासचिव जनकराज शर्माले जनाएका छन् ।
आगामी साउन २१ मा काठमाडौंमा हुने सभालाई उपप्रधानमन्त्री चित्रबहादुर केसीले सम्बोधन गर्नेछन् ।
सरकारमा सामेल रहेको जनमोर्चाले संघीयताका साथै नागरिकता ऐन र माथिल्लो कर्णाली सम्झौता समेत खारेजीको माग अगाडि सारेको छ ।
प्रतिक्रिया 4