गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘गाजलु’ले पहिलो सातामा कति कमायो त ? धेरै दर्शकको मनमा यो खुलदुली हुनसक्छ ।
अनमोल केसी र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रले पहिलो सातामा २ करोड माथिको व्यापार गरेको छ ।
शुक्रबार र शनिबार नै आक्रामक व्यापार गर्दै करिब १ करोड ३५ लाख हारहारीको व्यापार गरेको यो चलचित्रले बाँकी ५ दिनमा करिब १ करोड कमाएको छ । निर्माता रोहित अधिकारीका अनुसार आइतबारबाट चलचित्रले देशभरबाट हरेक दिन २० देखि २५ लाखको व्यापार गर्न सफल भयो ।
हेमराज वीसीले निर्देशन गरेको यो चलचित्रले लगानी उठान अझै आज र भोली राम्रो व्यापार गर्नुपर्ने हुन्छ । निर्माता अधिकारीका अनुसार चलचित्रले पहिलो सातामा काठमाण्डौमा १ करोड २६ लाखको ग्रस कलेक्शन गरेको छ । यस्तै, काठमाण्डौ बाहिरबाट चलचित्रले पहिलो सातामा १ करोड २३ लाखको व्यापार गरेको छ ।
चलचित्रले एक सातामा २ करोड ५० लाख हारहारीको व्यापार गरेको देखिन्छ । काठमाण्डौ बाहिर चलचित्रलाई एफडी कम्पनीले ‘एमजी’ दिएको थियो । यसैले ‘एमजी’ दिइएको रकम उठेपछि निर्माता र वितरकले ५०-५० प्रतिशत शेयर बाँड्नेछन् ।
निर्माता अधिकारीका अनुसार चलचित्रको बजेट १ करोड २५ लाख हो । यसरि, हेर्दा यसले लगानी उठान अझै ५० लाख माथिको व्यापार गर्नुपर्ने हुन्छ ।
यो साता ठूलो हिन्दी र नेपाली चलचित्र नभएकाले पनि ‘गाजलु’को व्यापारलाई फाइदा हुने देखिएको छ ।
प्रतिक्रिया 4