+
+

अध्ययन भन्छः टि्वटरले राम्रो लेखक बन्न सघाउँछ

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ४ गते १०:१७

twitterमाइक्रोब्लगिङ साइट टि्वटर केवल बसिबियाँलो मात्र होइन । यो केवल सोसल नेटवर्किङ साइटमा मात्र सिमित छैन । यसले एक्काइसौँ सताब्दीका लेखकहरुको दक्षता तथा कलामा वृद्धि गरिरहेको पाइएको छ ।

हालै गरिएको एक अध्ययन अनुसार टि्वटरले लेखकहरुमा प्रविधिको तिव्र विकाससँगै परिस्कृत हुने र आफुलाई बदलेर समयानुकुल सक्षम बनाउनका लागि आत्म सम्पादन तथा भाषिक शुद्धता लगायतका विषयमा दक्ष बनाउने गरेको पाइएको छ ।

बेलायतको मिडिलसेक्स विश्वविद्यालयका शोधकर्ता जोसे बर्नाडले सिर्जनात्मक लेखनमा टि्वटरले पार्ने सकारात्मक प्रभावका विषयमा एउटा महत्वपूर्ण अनुसन्धान गरिन् । शोधकर्ताका अनुसार टि्वटरले विद्यार्थीहरुको सिर्जनात्मक लेखन क्षमतामा महत्वपूर्ण बढोत्तरी गरेको पाइयो । कडा आत्मसम्पादनका साथै सटिक भाषाशैली र ताजा उत्प्रेरणा वृद्धि गर्नमा पनि टि्वटरको महत्वपूर्ण भूमिका रहेको पाइएको उनको ठहर छ ।

शोधकर्ताका अनुसार सूचना प्रविधिले नयाँ लेखकहरुमा विभिन्न खाले चुनौति थपिरहेको छ । उनीहरु बहुमूखी लेखक बन्न बाध्य हुनुपरेको छ ।

छोटो समयमा विभिन्न खाले सिर्जना गरेर छिटै पाठकसामु पूराउनु ठूलो चुनौतिको रुपमा रहेको छ । यस्तो चुनौतिको सामना गर्नका लागि टि्वटरले लेखकहरुमा क्षमता विकास गर्ने गरेको शोधकर्ताको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?