९ असार, चितवन । पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । चितवनको कालिखोलामा पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको थियो ।
पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको मुग्लीन प्रहरीले जनाएको छ । दुई तर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने प्रहरीको भनाइ छ ।
लेदो माटो र ढुंगासहित पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको बाटो खुलाउन खटिएकाहरुले बताएका छन् ।
अहिले नारायणगढ-मुग्लीन सडक फराकिलो पार्ने काम भइरहेको छ । वर्षायाममा पहिरो खस्दा नारायणगढ-मुग्लीन सडकखण्डमा घण्टौंसम्म जाम हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4