+
+

पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

रासस रासस
२०७३ असार १३ गते ९:४२

mugling१३ असार, काठमाडौं । चितवनको अति व्यस्त हुने मुग्लिन नारायणगढ सडकमा पहिरोका कारण यात्रुले दैनिक सास्ती भोग्दै आएका छन् ।

आज बिहानै ५ बजे खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध भएको छ ।

उक्त सडकको ९ किलो, ४ किलो भन्ने स्थान र सेतीदोभानमा पहिरो खसेर बिहानैदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार अहिले डोजर र लोडरसहित प्रहरी टोली पहिरोग्रस्त क्षेत्रमा खटाइएको छ ।

चितवनमा अहिले पनि वर्षा जारी भएकाले पहिरो पन्छाउन समस्या परिरहेको र थप पहिरो आउने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

सडक बन्द भएपछि चितवनबाट काठमाडौँ, पोखरालगायत क्षेत्र आवतजावत गर्ने सवारीबीचमै रोकिएका छन् । यहाँ दैनिक सात हजार बढी सवारी गुड्छन् । उक्त सडक विस्तारको क्रममा विभिन्न क्षेत्रमा खनेकाले सानो पानी पर्दा समेत पहिरो खस्दै आएको छ ।

आइतबार बिहान पहिरोका कारण ६ घन्टा गाडी रोकिएर यात्रुलाई सास्ती परेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?