+
+

चित्रबहादुर केसीलाई बर्खास्त गर्न खोजिँदैछः मसाल

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १५ गते ३:१०

१४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी मसालले आफ्ना नेता एवं उपप्रधानमन्त्री चित्रबहादुर केसी भारत परस्तहरुका लागि असैह्य बनेको र उनलाई बर्खास्त गर्न खोजिएको निश्कर्ष निकालेको छ ।

Chitra bahadur Kcमसालको दोस्रो राष्ट्रिय भेलाले पारित गरेको राजनीतिक प्रस्तावमा यस्तो निश्कर्ष निकालिएको हो । पार्टीको प्रस्तावमा भनिएको छ- ‘चित्रबहादुर केसी प्रतिक्रियावादी वा भारतपरस्त तत्वहरूका लागि असह्य बन्दै जानुभएको छ । उनीहरूले एकातिर केसीलाई मन्त्रीमण्डलबाट बर्खास्त गर्न अभियान चलाइरहेका छन् भने अर्कातिर, ओलीलाई अपदस्थ गर्न पनि एक पछि अर्को षड्यन्त्र गरिरहेका छन् ।’

सरकारमा सामेल भएका मन्त्रीहरुले भ्रष्टाचार गरिरहेका बेला केसीले राम्रो उदाहरण पेश गरिरहेको मसालको दस्तावेजमा निश्कर्ष निकालिएको छ ।

भेलाद्वारा पारित दस्तावेजमा केसीको प्रशंसा गर्दै भनिएको छ- ‘अन्य पक्षका मानिसहरू मन्त्री बनेपछि भ्रष्ट बनेका र ठूलो धनराशी जम्मा गरेका थुप्रै उदाहरणहरू छन् । केसीले मन्त्रीमण्डलमा गएर पनि जुन प्रकारको निष्कलंक छवि कायम गर्नुभएको छ, त्यो नेपालको संसदीय इतिहासमा कमै पाइने एउटा उज्ज्वल रिकर्ड हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?