+
+

देवघाटमा साउनमा लाग्ने बोल ॐ महोत्सवको तयारी अन्तिम चरणमा

१ हजार ८ शिव मन्त्रद्धारा होम गरिदै

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ असार २८ गते ८:११

२८ असार, देवघाट । हरेक बर्ष धार्मिक पर्यटकीय क्षेत्र देवघाटधाममा महिनाव्यापी साउने मेला अन्र्तगत बोल ॐ महोत्सव यस वर्ष पनि हुने भएको छ ।

Bolbom
फाइल फोटो

साउन १ गते देखी ३२ गते सम्म देवघाटमा हुने बोल ॐ महोत्सव २०७३ को तयारी अन्तिम चरणमा पुगेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

देबघाट क्षेत्र विकास समितिसंगको सहकार्यमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनद्धाराख १ महिने बोल ॐ महोत्सव गरिन लागेको हो । महोत्सवका लागि व्यवस्थापन देखिका हरेका निर्माण सबैको तयारी पुरा भएको क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाले भने ।

यतिबेला  मन्च निमार्ण, बाटो सफाई, स्नान घाट निमार्ण पार्कीङ व्यवस्थापनका लागी काम भईरहेको छ । मेलामा लाखौको संख्यामा भक्तजनहरुको सहभागिता हुने भएकाले  भक्तजनका लागी आवश्यक सवै प्रवन्ध समितिले मिलाएको छ ।

ओम(ॐ) शब्दमा अलौकिक शक्ति रहेकाले बम शब्दलाई हटाएर बोल ओमको नामबाट महोत्सव गत बर्ष देखि सुरु भएको थियो ।

चितवन नवलपरासी र तनहुको सङगम स्थल देवघाटधाममा मेला सुरु गर्न लागिएको हो । भने मेला ४ लाख बढी भक्तजनले दर्शन गर्ने आयोजकको दावी छ ।  महोत्सवमा चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, लमजुङ्ग, लगायत भारतका लाखौ भक्तजनहरु जल भर्ना तथा चढाउन आउन् गर्दछन् ।

मेलामा जाने सवारी साधनका लागी दुई छुट्टा छुट्टै रुट निधारण गरिएको छ । मेलामा जानका लागी रामनगर तर्फको रुट र आउनका लागी पुरानो बाटोनै कायम गरिएको उनको भनाइ छ ।

मेलामा महिला र पुरुष पहेलो बस्त्र धारण गरी स्नानका लागि आउने गर्दछन् । मेला भर्नका लागी देवघाटमा भक्तजनहरुको आगमन हुन थालिसकेको छ ।

देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो  मनोकामना  पूरा भई सुख शान्ति मिल्ने विश्वासले मेला भर्न भक्तजनहरुको घुईचोलाग्ने गर्दछ ।

मेलामा साउनको हरेक सोमबार निराहार वर्त बसी बिहान सवेरै स्नान गरेर बेलपत्र तथा गङगाजल शिवमन्दिरमा चढाउने गरिन्छ ।

धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले साउनमा पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास गरिन्छ ।

भानुभक्तिय रामायणलाई संगीतमय भजन कीर्तन

यस पटकदेखि महोत्सव शुरु भए देखी अन्तिम सम्म लोप हुदै गएको आध्यात्मिक भानु भक्तिय रामायण लाई संगीतमय भजन कीर्तन झाकी सहित श्रीराम कथाको आयोजना गरीने समितिले जनाएको छ । साउन महिना बिशेषत भगवान शिवको महिमा रुपी महिना भएकाले हरेक दिन १ हजार ८ शिव मन्त्रद्धारा होम गर्ने लक्ष्य रहेको पनि आयोजकले जनाएको छ । यस वर्षको साउन महिनामा ५ वटा सोमवार परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?