सरकारले आफ्ना जनतालाई कुनै देशमा जान प्रतिबन्ध लगाएको कुरा त सुनिएकै हो । तर सरकारले आकाशमा उड्ने चराचुरुंगीलाई समेत उडेर अर्को देशमा जान प्रतिबन्ध लगाएको सुनिएको थिएन ।
सायद दुनियाको कुनैपनि सरकारले चराचुरुंगीलाई उडेर विदेश जान प्रतिबन्ध लगाउला । तर टर्की सरकारले भने आफ्नो देशमा रहेका संकटापन्न प्रजातिका चरालाई सिरिया उडेर जान प्रतिबन्ध लगाएको छ ।
टर्किको वन तथा जल परियोजना मन्त्रालयले देशभित्र रहेका अति संकटापन्न प्रजातिका चराका बथानलाई उडेर छिमेकी सिरिया जानमा बन्देज लगाएको छ । यसरी बसाइँ सरेर गएका चराहरु पुनः फर्के आउने नगरेको र उतै हराउने गरेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको बताइएको छ ।
संकटापन्न नर्दन बाल्ड इबिस जातका २ सय भन्दा बढि चरालाई पक्रिएर पिँजडामा राख्ने योजना सरकारको छ । ता की ती चराहरु उडेर सिरिया नपुगुन् । सिरिया सिमाक्षेत्रस्थित बिरेसिकमा रहेको प्रजनन केन्द्रबाट प्रजनन गराएर यो प्रजातिका चराहरुलाई प्राकृतिक वातावरणमा छाड्ने गरिएको छ ।
तर यी चराहरु उडेर सिरिया गएपछि पुनः फर्केर टर्की आउने गरेका छैनन् र उतै मारिने गरेका छन् । जाडो याममा यो प्रजातिका चरा प्रजननका लागि टर्कीबाट उडेर सिरिया हुँदै इथियोपिया सम्म पुग्ने गरेका छन् ।
रस्मरण रहोस् इबिस प्रजातिका चराको संरक्षणका लागि टर्की र सिरियाबीच यसअघि गहन सहकार्य हुँदै आएको थियो । सन् २०१० मा टर्कीले सिरियालाई ६ वटा यो प्रजातिको चरा उपहार दिएको थियो ।
प्रतिक्रिया 4