+
+

कोषेवाली कार्यालय नेपालगञ्जका कर्मचारी घुससहित पक्राउ

अारपी सुवेदी अारपी सुवेदी
२०७३ असार ३१ गते १६:०६

३१ असार, नेपालगञ्ज । स्थानीय उपभोक्ता समूहसँग २ लाख ५० हजार घुस लिँदै गरेको अवस्थामा कोषेवाली अनुसन्धान कार्यालय नेपालगञ्जका कर्मचारी बिरेन्द्रकुमार यादवलाई अख्तियार अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।

Akhtiyarबाँकेको खजुरामा रहेको कार्यालयमा उपभोक्तासँग घुस लिँदैगर्दा यादवलाई अख्तियारको कोहलपुर सम्पर्क कार्यालयको टोलीले पक्राउ गरेको एसपी दिलिप थापाले जानकारी दिए ।

डीप बोरिङका लागि अनुदान मिलाइदिएबापत अनुसन्धान कार्यालयका यादवले उपभोक्ता समूहसँग २ लाख ५० हजार घुस मागेका थिए । कार्यालयमा परेको उजुरीका आधारमा अख्तियारले यादवलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?