+
+

पहिरोले प्यूठानमा दुई घर बगायो, बालिका वेपत्ता

विजयसिंह भारती विजयसिंह भारती
२०७३ साउन ७ गते १०:०६

landslide७ साउन, प्युठान । अविरलको वर्षासँगै आएको पहिरोले प्यूठानको फोप्ली गाविस वडा नं. ९ मा दुई घर बगाउँदा एक बालिका वेपत्ता भएकी छन् । तीन जना घाइते भएका छन् ।

स्थानीय ओविराम घर्ति र थमबहादुर घर्तिको घर पहिरोले बगाएको हो ।

पहिरोमा ओविरामको १२ वर्षीय छोरी बालमती वेपत्ता भएको प्यूठान प्रहरी प्रमुख डिएसपी रञ्जित सिंह राठौरले बताए । घटनमा ओविराम उनको श्रीमती र थमबहादुर घाइते भएका छन् ।

ओविरामको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अर्काे एउटा घर जोखिममा रहेको छ । गएरातिदेखिको अविरल वर्षाका  कारण जिल्लाका अधिकांस सडकहरु पहिरोले अवरुद्ध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?