+
+

सिक्किममा महाकवि देवकोटासम्बन्धी चित्रकला प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ८ गते ११:२५

८ साउन, काठमाडाैं । सिक्किमको गान्तोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी र कृतिमा आधारित चित्रकला प्रदर्शनी हुने भएको छ ।

Laxmiprasad Debkotaसाउन ८ र ९ गते हुने प्रदर्शनीमा रागिनी उपाध्याय, टेकवीर मुखिया, केके कर्माचार्य, राधेश्याम मुल्मी, राजन काफ्ले, लक्ष्मण भुजेल, जी.डी. सारू, देवेन्द्र थुम्केली, सँगी श्रेष्ठ, अनिता भट्टराई, उत्तम डङ्गोल लगायत नेपालका ख्यातिप्राप्त कलाकारका चित्रकलाहरू राखिनेछन् । देवकोटासम्वन्धी सूचनामूलक फ्लेक्सपि्रन्टहरू पनि प्रदर्शनीमा राखिनेछन् ।

नेपाल-सिक्किम मैत्री साहित्यिक कार्यक्रमको अवसर पारेर गान्तोकस्थित प्रेस क्लब अफ सिक्किम र चिया कविता समूह तथा नेपालको देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा साउन २६ सम्म चारदिने साहित्यिक कार्यक्रम पनि हुने भएको छ । गान्तोक र चेम्चेका साथै सिक्किमका विभिन्न स्थानमा साहित्यिक भेटघाट, कवितागोष्ठी, अन्तक्रिर्या, सांस्कृतिक परिचर्चा लगायत कार्यक्रम पनि रहेका छन् ।

यसका लागि नेपालबाट साहित्यकार र कलाकारहरूको टोली शुक्रबार गान्तोक जाँदै छ । टोलीमा निनु चापागाईं, सरिता तिवारी, जीवन शर्मा, हरिगोविन्द लुइँटेल, बाबा बस्नेत, रामबाबु सुवेदी, सुनील पौड्याल, देवेन्द्र थुम्केली लगायत रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?