९ साउन, काठमाडौं । सरकार र आमरण अनसनमा रहेका डा. गोविन्द केसीका प्रतिनिधिको वार्ता सहमति नजिक पुगेको छ । र, डा. केसीका प्रतिनिधिहरु सहमतिको मस्यौदा बोकेर डा. केसी कहाँ पुगेका छन् ।
स्रोतका अनुसार वार्तामा मनमोहन अस्पताललाई वीर अस्पतालका नाममा किन्ने प्रस्ताव गरिएको छ । अनलाइनखबरसँग कुरा गर्दै सरकार वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले भने, डा. केसीले अनसन तोड्नुहुन्छ भने मनमोहन मेमोरियल कलेज सरकारको स्वामित्वमा ल्याउन तयार छौं भनेर डा. केसी पक्षका वार्ता टोलीलाई भनेका छौं ।’
प्रधानमन्त्री कार्यालयका सचिवको रोहबरमा स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा डा के.सी. पक्षले आमरण अनसन तोड्नका लागि मनमोहन अस्पताललाई वीर अस्पताल मातहत ल्याउनुपर्ने शर्त राखेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4