११ साउन, बाग्लुङ । सोमबारदेखिको लगातार वर्षाका कारण बाग्लुङको पश्चिमी क्षेत्र निसी भुजीमा ४२ बर्षयताकै ठूलो बाढी आएको छ । स्थानीय रुद्रवती (बढीघाट) नदीको बाढीले अहिलेसम्म १ वालिकाको मृत्यु भएको छ ।
बाढीले बाग्लुङको राजकुट ७ कुँडुलाकी १ वालिकाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भीर घाइते भएका छन् ।
राति दुई बजे गएको पहिरोका कारण सन्तबहादुर तामाङको घर पहिरोले बगाउँदा उनकी ८ वर्षीया छोरी तुजी तामाङको ज्यान गएको छ । घरमै रहेका सन्तबहादुर उनकी श्रीमती सुशिला र भतिजी शिशिर तामाङ गम्भीर घाइते भएका छन् ।
राजकुट ८ मा दुर्गा दुम्चन तामाङको घर पनी पहिरोले बगाएको छ । बाग्लुङको प्रख्यात बुर्तिबाङ बजारनै बाढीको उच्च जोखिममा छ । नदी आसपासका घर तथा खेत बगाइसकेको छ ।
स्थानीय बुद्धजङ्ग श्रीपालीले ब्यबसायिक रुपमा सञ्चालन गरेको बँगुर र्फम बगाँउदा ३५ वटा बँगुर बेपत्ता छन् । त्यस्तै बुर्तिबाङ चुलेलास घाक पुल बाढीले बगाएको छ भने आसपासका करीब एक एक दर्जन घर उच्च जोखिममा छन् ।
त्यस्तै अधिकांश बिधुत आयोजनाको मुहान तथा पावर हाउस बाढीले बगाउँदा यस क्षेत्रको सञ्चार सेवासमेत अबरुद्ध भएको छ । बिद्युत आपूर्ति बन्द हुँदा स्थानीय रेडियो स्टेशनहरु बन्द भएका छन् ।
बोङगादोभान बजारमा बाढी पस्दा एक घर बगाएको र दुई घर उच्च जोखिममा परेका छन् । ग्वालीचौरबाट प्रकाश खरेलका अनुसार ग्वालीचौर र खर्वाङक्षेत्रको खेतियोग्य अधिकांस जमिन बाढीले कटान गरेको छ । त्यस्तै ग्वालीचौर देखि खर्वाङ सम्म ३ वटा पुल र ग्वालीचौरमा ३ वटा घर बगाएको बताइएको छ । भुवाचिदी बजार, खर्वाङ बजार लगायत अधिकांस बजार उच्च जोखिममा रहेको बताइएको छ ।
अधिकारीचौरको सैखोला बजार, देवीस्थान, बोहोरागाउँको झिँवाखोला, निसी बजार लगाएत अधिकाँस नदी किनार आसपासका बजार क्षेत्र जोखिममा छन् । सञ्चार सेवा अबरुद्ध भएका कारण थप बिवरण अझै आइसकेको छैन ।
त्यस्तै अधिकारीचौरको १,२ र ९ मा रहेको बुढाथोक लघुजलबिधुत आयोजनाको पावरहाउसमा बाढीले क्षति पुर्याएको छ ।
बोङगादोभान बाट हिरा गोतामेका अनुसार वडा नम्बर ६ को बोङखानीमा बाढिका कारण छेम प्रसाद रसाइली, दुदन रसाइली, ज्ञानबी रसाइली लगाएतको ६ घर बगाएको छ ।
त्यस्तै बढीघाट नदीको बाढीले बगाएर भीमगिठे ८ खालामा ६ घर बगाएको छ । नदी आसपासका अन्य थुप्रै घरहरु उच्च जोखिममा छन् भने पुलसमेत जोखिममा परेको छ ।
रेडियो ढोरपाटनबाट छविलाल पाण्डेको सहयोगमा
प्रतिक्रिया 4