११ साउन, कपिलवस्तु । लगातारको अबिरल वर्षाका कारण कपिवस्तुका विभिन्न ठाउँ डुबानमा परेका छन् । कपिलवस्तुको पत्थरदेइया गाविसमा ५ घर पानीले गर्दा ढालेका छन् । भने १५ जना सुरही खोलाको बाढीमा फासेका छन । ५० वस्तुभाउ समेत बाढीमा बेपत्ता भएका छन् ।
पत्थरदेइयामा रहेको भटनी पुल समेत बगेको छ । शिवराज नगरपालिका वडा नं ,१,३,४, ६, १०,को अधिकांस ठाउ डुबानमा परेका छन त्यस्तै , कपिलवस्तु नगरपालिका वडा नं, १३,१४,१५,१६, तौलिहवाको बाजार,तिलोराकोटको तिलौरी, बुद्धवाटिका नगरपालिकाको वाड नं १,२ मा रहेको थारु वस्तीमा पानी पसेको छ ।
भृकुटी नगरपालिकामा गुदुरुग खोलाले गर्दा इमिलीया, बुडढी,अधिकांस ठाउ डुवानमा पारेका छन । कृष्णनगरपालिका समेत डुवानमा परेको खबर प्रप्ता भएको छ । चोर खोलमा खसेको पहिरो पन्छाउने कार्य भैरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4