केही दिन अगाडि आयोजित एक पार्टीमा बलिउडका २ चर्चित अभिनेता रनवीर कपुर र रणवीर सिंहले एकसाथ नृत्य गरे । यी दुइले नृत्य गरिरहँदा नायिका दीपिका पादुकोण पार्टीमै थिइन् । दीपिकाले दुई रणवीरको नृत्य हेरेर मनोरञ्जन लिइन् । रनवीर कपुर र दीपिकाले नृत्य गरेको ‘बलमा पिचकरी’ बोलको गीतमा २ रणवीरले नृत्य गरेका थिए ।
रनवीर कपुर र दीपिका पादुकोणको प्रेम छुटेको केही बर्ष भयो भने रणवीर सिंह अहिले बलिउड सुन्दरीको प्रेममा डुबिरहेका छन् । दीपिकाकै अगाडि २ रणवीरले नृत्य गरेपछि धेरैलाई लागेको थियो, यी दुइको मित्रता गहिरो छ । तर, सबै आँखाले देखेको कुरा साँचो हुन्छ भन्ने छैन ।
पार्टीमा नृत्य गरेको बिषयमा रणवीरले दिएको बयानले यतिबेला बलिउड गर्माएको छ । पार्टीबाट निस्कदै गर्दा दीपिकाकै अगाडि २ रणवीरले नृत्य गरेको बिषयमा मिडियाले प्रश्न गरेका थिए । रणवीर सिंहले प्रश्नको जवाफ दिदै भने-‘ल अब हेर्नुहोस् दीपिकासँग एकसाथ घर को जादैछ ।’
रणवीर सिंह पार्टीबाट बाहिर निस्कदै गर्दा दीपिकाको बडिगार्ड बनेका थिए । रनवीरसँग नृत्य गरेपनि आफू नै दीपिकाको साँचो प्रेम भएको देखाउन रणवीर पछि परेनन् ।
प्रतिक्रिया 4