+
+

उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न प्रचण्डको अपिल

बाढी र पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १३ गते ८:१०

Prachanda_1१३ साउन, काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरोका कारण देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यथाशीघ्र उद्धार र राहातको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले बाढी पहिरोमा परेका व्यक्तिहरूको उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न पार्टीका सबै सम्बन्धित जिल्ला तथा स्थानीय पार्टी पंक्तिलाई निर्देशन पनि दिएका छन् ।

प्रचण्डले बिहीबार विज्ञप्ति निकालेर आम जनसमुदायलाई पनि उद्धार तथा राहत कार्यमा लाग्न अपिल गरेका छन् ।

अध्यक्ष प्रचण्डले पहिरो तथा बाढीमा परी मृत्यु हुनेहरूप्रति दुःख व्यक्त गर्दै उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजन प्रति समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?