+
+

गाउँ पसेको चितुवा थानकोटबासीले मारे

प्रहरी भन्छ- गाउँलेले प्रतिरक्षा गर्दा चितुवा मर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १८ गते १६:१५

१८ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका १० बालागाउँमा फेला परेको चितुवा स्थानीय बासिन्दाले मारेका छन् ।

Chituwa,-Leopard
फाइल तस्वीर

नजिकैको जंगलबाट चितुवा सोमबार साँझ गाउँमा पसेको थियो । चितुवालाई देख्नेवित्तिकै स्थानीयले लखेटी-लखेटी मारेका हुन् ।

थानकोट प्रहरीले भने स्थानीयको प्रतिरक्षाको क्रममा चितुवा मरेको बताएको छ ।

चितुवाको आक्रमणबाट स्थानीय आठ जना घाइते भएका छन् ।

थानकोट प्रहरीका सई मोहन थापाले अनलाइनखबरसँग भने, ‘जंगलबाट आएको चितुवाले टोक्ने, चिथोर्ने गर्न थाल्यो । त्यसपछि गाउँलेले लठ्ठीले र ढुंगाले हान्न थाले । प्रतिरक्षाको क्रममा टाउकोमा चोट लागेर चितुवा मर्‍यो ।’

थानकोट प्रहरीले मरेको चितुवा महादेवस्थान इलाका वन कार्यालयको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?