+
+

आयो शाखा अधिकृतको लिखित परीक्षाफल (नतिजासहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २० गते १३:२९

२० साउन, काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत पदका लागि लिइएका लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशाशन, लेखा परीक्षण, र व्यवस्थापिका संसद, परराष्ट्र, न्याय, न्यायकानुन र सरकारी वकिल, समूहका शाखा अधिकृतका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

Loksewa-aayogअब लिखित परीक्षा पास भएका उम्मेदवारहरुले अन्तिम चरणको परीक्षाको सामना गर्नेछन् । आयोगले प्रशाशन, लेखा परीक्षण, र व्यवस्थापिका संसद समूहमा ९ सय ९३ जना शाखा अधिकृत माग गरेकोमा अन्तरवार्ता तथा सीप परीक्षणका लागि ५ सय ६८ जना उर्त्तीण भएका छन् ।

यसैगरी १ सय ४१ जना माग भएको न्याय, न्यायकानुन र सरकारी वकिल समूहका अन्तिम चरणको सीप परीक्षणका लागि ५३ जना मात्र छनौट भएका छन् ।

व्यवस्थापिका संसद समूहमा १ शाखा अधिकृतका लागि अन्तिम चरणमा ३ जनाको प्रतिस्पर्धा हुने भएको छ । परराष्ट्र समूहमा १६ जनाको पदमा २२ जना सीप परीक्षण र अन्तरवार्ताका लागि छनौट भएका छन् ।

न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद समूहका छनौटमा परेका ५ सय ९१ उम्मेदारको सूचना प्रविधि सीप परीक्षण भदौको ६, ८, ११, १२, १४, १६ र १७ गतेका लागि तोकिएको छ ।

(नतिजाका लागि हाइलाइट गरिका लिंकमा थिच्नुहोस् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?