२५ साउन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रयाद यादवले निर्वाचनसम्वन्धी कानूनहरु समयमै दिन सरकारलाई आग्रह गरेका छन् । साथै स्थानीय तहको पुनर्संरचना सम्वन्धी आयोगको प्रतिवेदन आएर पुसभित्र कानुन बनेमा चैतमा चुनाव गर्न सकिने बताएका छन् ।
प्रतिनिधि सभा निर्वाचन विधेयकको मस्यौदामाथि राजनीतिक दलका प्रतिनिधि र निर्वाचन विट हेर्ने पत्रकारहरुसँग गरिएको संयुक्त छलफल एवम् दुईदिने गोष्ठीमा प्रमुख निर्वाचन आयुक्त यादवले मंसिरमा चुनाव गर्न साउनभित्र कानुन बनिसक्नु पर्ने बताए ।
पुनःसंरचना आयोगको प्रचिवेदन र कानून ढिला गरी बनाउने र चुनाव गर भनेर आयोगलाई भन्ने हो भने परिस्थिति परिवर्तन हुनसक्ने उनले बताए ।
उनले भनेका छन्, ‘निर्वाचन मुखले भनेर मात्र हुँदैन । कानून र स्रोत साधनको व्यवस्था पनि गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4