+
+

टाटासुमोको ठक्करबाट धनुषामा एकको मृत्यु

राजकमल सिंह राजकमल सिंह
२०७३ भदौ ६ गते ९:३३

६ भदौ, जनकपुर । धनुषामा टाटासुमोको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

accidentपूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नं.३ श्रीपुर चोकमा टाटासुमोले ठक्कर दिदाँ बृद्धको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.६ च.११८८ नम्बरको सुमोको ठक्करबाट पैदय यात्री जनकपुर उपमहानगरपालिका वडा नं.१२ कुवा निवासी ७५ वर्षका बासुदेव साहको मृत्यु भएको ढल्केबर इलाका प्रहरी चोकीले जानकारी दिएको छ ।

ठक्करबाट साहको घटना स्थलमै मृत्यु भएको छ । ठक्कर दिने सुमो र चालक फरार भएको ढल्केवरका प्रहरी निरीक्षक सागर राणाले जानकारी दिए । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?