२४ भदौ, काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको छोटै समयमै डाटसनको ‘रेडी गो’लाई नेपाली ग्राहकले मन पारएका छन् । बितेको ४५ दिनभित्रै ६ सय २८ भन्दा बढी रेडी गो बुकिङ भइसकेको छ ।
रेडी गो इन्ट्री लेभलको सस्तो र सुविधासम्पन्न गाडी हो । यो कार नेपाली बजारमा डाटसनको आधिकारिक पयोनियर मोर्टकर्पले सार्वजनिक गरेको थियो ।
अहिलेसम्म भएका गाडी दशैं अगाडि ग्राहकलाई उपलब्ध गराउने कम्पनीका सिनियर सेल्स म्यानेजर ज्ञानेन्द्रबहादुर चन्दले बताए ।
नेपालमा १० वटा डिलरहरुमार्फत रेडी गो बिक्री सुरु गरिरहेको छ । पायोनियर मटो कर्पले केही समयभित्रै ४ वटा डिलहररु थप गर्ने तयारी गरेको गरेको छ ।
रेडी गोका विशेषता
रेडी गो नेपालमा सेतो, सिल्भर, ग्रे, रुबी र लाइम कलरमा उपलब्ध छ । यसमा ‘युकान’ नामक जापानीज फिलोसोफी डिजाइन छ, जसले यसलाई बोल्ड बनाएको छ ।
‘रेडी गो’ फेमिली ह्याचब्याक कार हो । यसको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यो कारमा ८ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडान गरिएको छ । यसले प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको उच्चतम गती १४० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यसमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन छ । यो गाडी १५.९ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ ।
रेडी गो कारको सबैभन्दा आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ ।
ह्याचब्याक कार भएर पनि ‘रेडी गो’मा एसयुभी कारको जत्तिकै ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको दाबी छ । डाटसन ‘रेडी गो’ मा पर्याप्त स्पेस पनि छ ।
यसको प्रो सेफ सेभेन सुविधाले ‘सर्ट ब्रेकिङ डिस्ट्यान्स’, आरामदायी ड्राइभिङ र रोडको उत्कृष्ट भ्यु दिने कम्पनीको दाबी छ ।
कारमा सुपेरियर सस्पेन्सन सिस्टम, हाइ ब्ल्सटर सपोर्ट, इनर्जी अब्जर्भिङ स्टेरिङ हृवील र ड्राइभर एयरब्यागको पनि व्यवस्था छ ।
नयाँ सस्पेन्सन सिस्टमले ह्याण्डलिङ र राइड कम्र्फोटको बीचमा राम्रो सन्तुलन दिन्छ । यो गाडीमा तीन वर्ष वा ३० हजार किलोमिटर स्टान्डर्ड वारेन्टीको सुविधा दिइएको छ ।
प्रतिक्रिया 4