+
+

उच्च शिक्षामा पहुँच र गुणस्तर वृद्धि आवश्यकः राष्ट्रपति

शिक्षामन्त्री भन्छन्- सामुदायिक क्याम्पसको स्वामित्व सरकारले लिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २६ गते १६:३०
Bidhya_Bhandari,-Photo_RSS
बानेश्वर बहुमुखी क्याम्पसको रजतजयन्ती समारोह उदघाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर: रासस

२६ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षामा पहुँच र गुणस्तर दुबै वृद्धि गर्न आवश्यक रहेको बताएकी छन् । सामुदायिक क्याम्पसहरुले भोग्दै आएका समस्या पनि सरकारले सम्बोधन गर्नुपर्ने उनले बताइन् ।

बानेश्वर बहुमुखी क्याम्पसको रजतजयन्ती उदघाटन समारोहलाई आइतबार सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले सामुदायिक क्याम्पसहरुले उच्च शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएकाले उनीहरुले भोग्दै आएका समस्या सरकारले सम्बोधन गर्नुपर्ने बताएकी हुन् ।

कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले सामुदायिक क्याम्पसहरुको स्वामित्व सरकारले लिने बताए । उनले जनस्तरबाट क्याम्पस सञ्चालन गरिरहन सम्भव नरहेको भन्दै हाल सञ्चालित सामुदायिक क्याम्पसहरुलाई सरकारले क्रमशः आंगिक क्याम्पसमा परिणत गर्ने बताए ।

हाल नेपालमा करिब ५ सय वटा सामुदायिक क्याम्पस सञ्चालनमा छन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले बानेश्वर बहुमुखी क्याम्पसको रजत जयन्ती स्तम्भ शिलान्यास गर्नुभएको थियो । २०४७ सालमा स्थापना भएको बानेश्वर बहुमुखी क्याम्पसमा हाल १ हजार ८ सय विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?